• मंगलबार, असोज २० २०८३

हट्यो जोरविजोर, सबै यातायात चल्न पाउने


बिहिबार, पुष २ २०७७
605
Shares

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । सरकारले शुक्रबारदेखि सबै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

‘शुक्रबारदेखि जोरविजोर प्रणालि रहँदैन, स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात सञ्चालन हुन पाउँछन्’, प्रजिअ पराजुलीले भने। यसअघि जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका यातायात सञ्चालन हुँदै आएका थिए।

तर, यसले आफूहरुलाई मर्का परेको भन्दै यातायात व्यवसायीले उल्लंघन गर्ने घोषणा गरेपछि भएको छलफलले खुल्ला गर्ने निर्णय गरेको हो।

सुरक्षा समिति र यातायात व्यवसायीका प्रतिनिधिबीच भएको छलफलले यस्तो निर्णय गरेको प्रजिअ पराजुलीले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरविजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए। उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरविजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार