• सोमबार, साउन १८ २०८३

श्रीराम सुगर मिलले शुक्रबारबाट भुक्तानी दिने


बिहिबार, पुष २ २०७७
540
Shares


काठमाडौं । सबैभन्दा बढी भूक्तानी दिन बाँकी रहेको श्रीराम सुगर मिलले शुक्रबारबाट उखु किसानको बाँकी भुक्तानी दिने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगले भुक्तानी रकम खातामा जम्मा गरिसकेको बताएका छन् ।

समितिमा बोल्दै अध्यक्ष अग्रवालले किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार)देखि नै किसानको खातामा पठाउन थाल्ने बताए ।

किसानको भुक्तानी दिन बाँकी प्रमुख ५ उद्योगहरु मध्य श्रीराम सुगर मिलले सबै भन्दा बढी ३५ करोड रुपैयाँ दिन बाँकी रहेको छ ।

निरन्तरको घाटामा रहेको भनिएको उद्योगले अब सञ्चालन गर्न नसक्ने भन्दै केही समयअघि बन्द भएको घोषणा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार