गोरखा । गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञाप्ती अनुसार आज (बिहीबार) थप दुई जनामा संक्रमण पुष्टि भएको हो । दुवै संक्रमित गोरखा नगरपालिकाका रहेका छन् ।
नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुष र वडा नं. ७ का ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
डा.शर्माका अनुसार दुवै संक्रमितको स्वावको नमुना परिक्षण चितावन मेडिकल कलेजको फिभर क्लिनीक चितावनमा गरिएको हो ।
संक्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भई रहेको शर्माले जानकारी दिए ।