• मंगलबार, साउन १२ २०८३

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुग्यो


बिहिबार, पुष २ २०७७
570
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका दुई पुरुषको मंगलबार बेलुका र बुधबार बिहान मृत्यु भएको हो।

निर्देशनालयका निर्देशक डा. विनदोविन्दु शर्माका अनुसार पोखरा–१२ का ८४ वर्षीय वृद्धको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको हो। ती पुरुषमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा–१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको छ। उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएपछि फिस्टेल अस्पतालमा उपचारका लागि भर्ना गरिउको थियोती पुरुष मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित रहेको निर्देशक शर्माले जानकारी दिए।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

त्यस्बै प्रदेशमा बुधबार थप ६१ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देेशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार