• सोमबार, साउन १८ २०८३

इ–सेवा र भाइबरबीच सम्झौता, भाइबरबाटै पैसा ट्रान्सफर गर्न सकिने


बिहिबार, पुष २ २०७७
650
Shares

नेपालको पहिलो मोबाइल वालेट इ–सेवा र म्यासेजिङ एप राकुटेन भाइबरबीच भुक्तानी सेवाको लागि सम्झौता भएको छ।

यो सम्झौतासँगै अब भाइबर एकाउन्टबाट पनि पैसा ट्रान्सफर गर्न सकिने भएको छ।

इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ।

बुधबार म्यासेजिङ एप भाइबर र मोबाइल वालेट इसेवाले इ–सेवा भएको अकाउन्ट एक पटक भाइबरमा लिंक गरेपछि कसैलाई पैसा पठाउन वा मोबाइल रिचार्ज गर्न सकिने इ–सेवाका रोशन लामिछानेले बताए।

भाइबरका तर्फबाट ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले एसिया प्यासेफिक रिजनमा इसेवासँग पहिलो सम्झौता भएको बताइन। उनले नेपालमा इसेवासँग सहकार्य गरेर यो सेवा दिन सकिएकोमा उत्साहित भएको बताइन्।

साथै, एप्पल र गुगलपछि फाइनान्सियल ट्रान्जेक्सनको तेस्रो सम्झौता भएको बताइयो।

इ–सेवाका सीओओ लामिछानेले अब इ–सेवाको अकाउन्ट भाइबरमा लिंक गरेर ट्रान्जेक्सन गर्न सकिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार