• सोमबार, साउन १८ २०८३

विश्वकप लिग-२ : दुई वर्षभित्र नेपालले ८ सिरिज खेल्ने


बिहिबार, पुष २ २०७७
770
Shares

कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ का खेलको नयाँ मिति सार्वजनिक गरिएको छ।

न्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको छ। 

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको लिग-२ को खेल कोरोना कारण एक वर्ष धकेलिएको छ। यसअघि सन् २०२२ मा लिग-२ सकिने तालिका थियो। 

लिग-२ मा नेपालले अहिलेसम्म एउटा मात्र त्रिकोणात्मक सिरिज खेलेको छ। गत वर्ष नेपालमा भएको सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गरेको थियो। 

सिरिजमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। अब नेपालले आफ्नो दोस्रो सिरिज आगामी १९ देखि २८ मार्चमा ओमान खेल्ने भएको छ। आइसिसीका अनुसार यो सिरिजमा पनि नेपाल, ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। 

त्यसपछि आगामी जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्नेछ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। 

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार