• सोमबार, भाद्र १ २०८३

नेपालमा कोरोनामुक्त हुने दर ९५.४ प्रतिशत पुग्यो


बुधबार, पुष १ २०७७
1.7K
Shares


काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ प्रतिशतभन्दा माथि पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको दर ९५.४ प्रतिशत पुगेको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना संक्रमित थपिँदा ८ सय ४७ जना निको भएको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको भने २ लाख ३९ हजार ४ सय १६ जना संक्रमित निको भएका छन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म १८ लाख ४९ हजार १ सय ३६ परीक्षण भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार