• मंगलबार, साउन १२ २०८३

बुधबार थपिए कोरोनाका ७ सय ३६ संक्रमित, थप १३ को मृत्यु


बुधबार, पुष १ २०७७
510
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमिण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ५ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको र सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेकको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्ष्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार