• सोमबार, साउन १८ २०८३

संसारभरिबाट श्रम स्वीकृति नवीकरण अव अनलाइनमार्फत गर्न सकिने


बुधबार, पुष १ २०७७
765
Shares


काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।

आईएमई पे, ई—सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ । योसँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रि—इन्ट्रीको सुविधा पाउनेछन् ।

सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट—वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट—वेसँग सम्झौता गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार