• सोमबार, साउन १८ २०८३

जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई पक्राउ


बुधबार, पुष १ २०७७
1.4K
Shares

काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तु र आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीबाट प्रहरीले आठवटा जीवितै सुनगोहोरो र चितुवाको टाउको बरामद गरेको हो।

संरक्षित वन्यजन्तु र आखेटोपहार अवैधरुपमा किनबेच हुन लागेको विशेष सूचनाका आधारमा महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बेच्न लागिएका वस्तुसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ४१ को भेषबहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ घर भइ सो ठाउँ बस्ने वर्ष ४६ को डिल्लीमान पौडेल रहेका छन्।

प्रहरीले उद्धार गरेका जीवित सुनगोहोरो तथा आखेटोपहारसहित पक्राउ गरिएका व्यक्तिलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठमा बुझाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार