• मंगलबार, साउन १२ २०८३

गोरखामा थप ७ जनामा कोरोना पुष्टि


बुधबार, पुष १ २०७७
1000
Shares


गोरखा । गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार गोरखामा आज (बुधबार) थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये भिमसेनथापा गाँउपालिकाका एक ३८ वर्षीय महिला, आरुघाट गाँउपालिका वडा नं. ८ का ६४ वर्षीय पुरुष, गण्डकी गाँउपालिका वडा नं. ७ का २५ वर्षीय पुरुष, वडा नं. ८ का ३२ वर्षीय पुरुष र गोरखा नगरपालिकाका वडा नं. ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३८ वर्षि पुरुष र ३७ वर्षीय महिला रहेका छन् ।

भिमसेनथापा गाँउपालिकाका संक्रमितको भने वडा खुलाएको छैन । संक्रमित सबैको कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार