काठमाडौं । गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका—१२ र पोखरा—१ का एक/एकजना पुरुषको मृत्यु भएको हो ।
महानगरपालिका—१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै महानगरपालिका—१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ ।