• सोमबार, साउन १८ २०८३

कोरोना संक्रमणका कारण थप दुईको मृत्यु


बुधबार, पुष १ २०७७
655
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक—एक जनाको मृत्यु भएको हो ।

सुन्दरहरैँचा नगरपालिका—३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा मंसिर २९ गते सोमबार संक्रमण पुष्टि भएको थियो । मृतक पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

पथरीशनिश्चरे नगरपालिका—१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा. दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार