• आइतबार, कार्तिक २३ २०८३

तान्द्राङ्गमा भएकाे बस दुर्घटनामा परि ५ जना गम्भिर घाइते


बुधबार, पुष १ २०७७
645
Shares

गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान रात्रीबस दुर्घटना हुदा ५ जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौबाट आरुघाटको सोती तर्फ जादै गरेको ग १ ख ९४४६ नम्बरको बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

बस सडकबाट करिब २० मिटर तल खसेको बताइएकाे छ ।

दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५०का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।

घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्ग्घटनामा परि अन्य १७ जना सामान्य घाइतेे  भएका छ्न ।

गम्भीर घाइते  मध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार