गोरखा । गोरखामा यात्रुवहाक वस दुर्घटना भएको छ ।
भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा काठमाण्डौबाट गोरखाकाे सोती जादै गरेको रात्री सेवा बस बिहान करिब साढे ४ बजे दुर्घटना भएको बताइएको छ ।
ग १ ख ९४४६ नम्बरको यात्रुवहाक बस तान्द्राङ सिमलाफेदको मुरलीचोक नजिकै दुर्घटनामा परेको एक स्थानीयले सिभिलखबरलाई बताए ।
बस सडकबाट करिब २० मिटर तल खसेको बताइएकाे छ ।
दुर्घटनामा परि ५ जना गम्भिर घाइते भएका छन । जसमा धार्चे गाउँपालिका–६ का बर्ष ५०का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ रहेकाे बताइएकाे छ ।
घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा परि अन्य १७ जना सामान्य घाइतेे भएका छ्न ।
गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ।