• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो, थप १४ जनाको मृत्यु


मंगलबार, मंसिर ३० २०७७
785
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको हो।

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ९ जार ८ सय ८१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९६ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।

त्यस्तै कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार