• सोमबार, साउन १८ २०८३

निःशुल्क खाना खुवाउँदै आएको संस्थाले बेरोजगारलाई रोजगारी दिने


मंगलबार, मंसिर ३० २०७७
550
Shares

काठमाडौं । कोरोना महामारीका कारण गरिएको लकडाउनले मारमा परेका गरिब जनतालाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपाल नामक संस्थाले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

संस्थाका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए ।

कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको अध्यक्ष पन्तले बताए । अध्यक्ष पन्तका अनुसार अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्ममा लगाउने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार