काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत ‘एउटा मान्छे सार्वजनिक’ भएको छ । गीतको भिडियो समेत बनेको छ । जसमा राजेश राउत र मनिशा पन्तको अभिनय देख्न सकिन्छ ।
क्षितिजपारी झापालीको शब्द, विनय कार्कीको संगीत रहेको, गीतको भिडियो विईङ सावनले निर्देशन गरेका हुन् ।
विकास गुरुङको छायाँकन तथा सम्पादन रहेको भिडियोमा मागी विवाह पछिको माया पिरतिको कथा भिडियोमा देखाउन खोजिएको छ ।