• मंगलबार, असोज २० २०८३

बिगबास लिग खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान


मंगलबार, मंसिर ३० २०७७
565
Shares


काठमाडौं । अष्ट्रेलियामा जारी बिगबास लिग खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने त्यसतर्फ प्रस्थान गरेका छन्।

उनी आज मंगलबार बिहान कतार एयरवेजबाट अष्ट्रेलिया गएको उनको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिए।

सन्दीप अष्ट्रेलिया पुगेर १४ दिनको क्वारेन्टिन बसाइपछि मात्र लिगमा सहभागी हुनेछन्। सन्दीपले लिगका सुरुवाती ६ खेल गुमाउनेछन्।

लिगमा सन्दीपको टोली होबर्ट हरिकेन्स ७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। मेलवर्न स्टार्स आठ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ।

तेस्रो पटक बिगबास खेल्न लागेका सन्दीप यो संस्करण नयाँ टोली होबर्ट हरिकेन्सबाट लिग खेल्दै छन्। यसअघिका २ संस्करण सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार