• मंगलबार, असोज २० २०८३

पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाँदै गजुरेल


मंगलबार, मंसिर ३० २०७७
620
Shares


काठमाडौं । पछिल्लो समय नेपाली मनोरञञ्न क्षेत्रमा निकै चर्चित हास्यकलाकार मनोज गजुरेलले केही दिन अगाडि दोस्रो विवाह गर्न लागेको सार्वजनिक गरेका थिए । उनको उक्त विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन् ।

३ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन् ।

दोस्रो विवाहको चर्चा चल्दै गर्दा मनोजले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका छन् । उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गाली–बेइज्जतीबाट पीडित भैरहेको बताएका हुन् ।

‘झन्डै ३ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट गाली बेइज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’

सकिएको सम्बन्धको आधारहीन आरोप प्रत्यारोपले आफ्ना छोराछोरीलाई समेत ठुलो असर पर्न थालेको आफूले महसुस गरेको बताएका गजुरेलले सहनुको सीमा नाघेकोले आफूसँग कानुनी विकल्प बाहेकको बाटो नरहेको समेत स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार