• मंगलबार, असोज २० २०८३

नेपाल टि—२० विश्वकपको ग्लोबल छनोटमा


मंगलबार, मंसिर ३० २०७७
610
Shares


काठमाडौं । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो।

आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो।

फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटबाट १६ टोलीमध्ये कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। यसमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

दुई समूहमा हुने ग्लोबल छनोटबाट २—२ टोली विश्वकपमा खेल्नेछन् ।

ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। क्षेत्रीय छनोटमा अमेरिका र युरोपबाट २—२ टोली तथा अफ्रीका र पूर्वी एसियाबाट १—१ टोली छनोट हुनेछन् । एसिया छनोटको दुवै समूहबाट १—१ टोलीले ग्लोबल छनोटमा खेल्नेछन् ।

छनोट प्रक्रिया १३ महिना चल्नेछ र कुल २ सय २५ खेल हुनेछन्। नेपाल पछिल्लो पटक सिंगापुरमा भएको एसिया छनोट प्रतियोगितामा लज्जास्पद प्रदर्शन गर्दै बाहिरिएको थियो। यसपटक भने विश्व वरियतामा राम्रो स्थान भएपछि आइसीसीले नेपाललाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार