• सोमबार, साउन १८ २०८३

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो


मंगलबार, मंसिर ३० २०७७
580
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो भन्दा आज झन् जाडो बढेको छ ।

सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

आज प्रदेश नं। १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार