• मंगलबार, असोज २० २०८३

एलाईन्स क्लव अफ गोरखा मनकामना गठन


सोमबार, मंसिर २९ २०७७
685
Shares

जिल्लामा पहिलो पटक एलाईन्स क्लब अफ गोरखा मनकामना गठन भएको छ ।

शहिद गाउँपालिका २ मनकामनाकी सकुन थापामगरको अध्यक्षतामा १५ सदस्सिय क्लव गठन गरिएको हो । महिलाहरु मात्र गठन गरेको उक्त क्लवको उपाध्यक्षमा चलमाया राना, सचिवमा रोजिना श्रेष्ठ, कोषाध्यक्षमा सरस्वती पन्थ गैह्रे, सदस्यहरुमा जुना थापा, रेक्सोना थापा, टुकुमाया क्षेत्री, मिनमाया थापा, सेतीमाया गुरुङ, रुकमणी गुरुङ, सिर्जना परियार, भागीरथी श्रेष्ठ, ढकमाया राना, तुल कुमारी थापा र आश कुमारी गुरुङ रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथित शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले क्वलका पदाधिकारी एवं सदस्यहरुलाई शुभकामना व्यक्त गरेकी थिइन । कार्यक्रमका विशिष्ट अतिथि एवं क्लव गठनको लागि सहजिकरणको भुमिका निर्वाह गरेका रेखा तामाङ लोप्चनले एलाईन्स क्लवको बारे जानकारी गराएका थिइन ।

एलाईन्स क्लव अन्तारष्ट्रिय क्लव रहेको र यसको ४० भन्दा बढि देशमा शाखा सञ्जाल उनले बताइन । सामाजिक कार्य गर्ने उद्देश्यका साथ यो क्लब २००८ सालमा स्थापना भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार