• मंगलबार, साउन १२ २०८३

सोमबार थप ८ सय २१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु


सोमबार, मंसिर २९ २०७७
605
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार