• सोमबार, साउन १८ २०८३

बहराइनले चिनियाँ सिनोफार्मको कोरोनाविरुद्धको खोपलाई प्रयोगका लागि दियो स्वीकृति


सोमबार, मंसिर २९ २०७७
815
Shares

काठमाडौं । बहराइनले चिनियाँ सिनोफार्मको कोरोनाविरुद्धको खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।

बहराइनले सिनोफार्मको खोप लगाउन इच्छुकले अनलाईनमार्फत नाम दर्ता गराउन आफ्ना नागरिकलाई सूचना दिएको छ।

सिनोफार्मले दुईवटा भ्याक्सिन निर्माण गरेको छ। बहराइनले स्वीकृति दिएको खोप कुन हो भनेर नखुलाइए पनि ८६ प्रतिशत प्रभावकारी सावित भएको खोपलाई स्वीकृति दिएको बताइएको छ।

बहराइनको स्वास्थ मन्त्रालयले १८ वर्षमाथिका मानिसलाई चिनियाँ खोप प्रदान गरिने बताएको छ।

बहराइनले यसअघि नै अमेरिका तथा जर्मन कम्पनी फाइजर–बायोएनटेकले निर्माण गरेको खोपलाई स्वीकृति दिइसकेको छ।

त्यस खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ। सीएनएन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार