• सोमबार, साउन १८ २०८३

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


सोमबार, मंसिर २९ २०७७
500
Shares


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो ।

मृत्यु हुनेमा अन्दाजी २३/२४ वर्षीय मनिष कार्की र ट्रक चालक २५/२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका जानकारी दिए । दुवै जनाको घर सिन्धुली हो ।

डीएसपी श्रेष्ठका अनुसार भिरमा कोही पनि जानसक्ने अवस्था नभएकाले डोरी मगाएर शव निकाल्ने प्रयास जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार