• मंगलबार, असोज २० २०८३

३८ तोला सुन चोरेर भागेका पाँचजना काठमाडौँबाट पक्राउ


सोमबार, मंसिर २९ २०७७
585
Shares

काठमाडौँ । काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रे धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, धुलिखेल–७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षका राजन तामाङ रहेका हुन् ।

शनिबार पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर भागेका पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका पवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टले जानकारी दिए ।

दाहालको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २३७ ग्राम भेटिएको बिष्टले बताए । यस्तै बिष्टका अनुसार चालिसको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २१० ग्राम भेटिएको हो । राजन तामाङ मुख्य चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार