• सोमबार, साउन १८ २०८३

मेस्सीको निर्णायक गोलसँगै बार्सिलोनाको जित


सोमबार, मंसिर २९ २०७७
575
Shares

काठमाडौं । लियोनल मेस्सीले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलअन्तरले पराजित गरेको छ।

खेलमा मार्टिन ब्रेटव्हाइट, क्लेमेन्ट लेन्गलेट, जोर्डी अल्बा र एन्टिनियो ग्रिजम्यानले पाएको मौकाको सदुपयोग गर्न नसक्दा मेस्सीले एकमात्रै निर्णायक गोल गरेका थिए।

७६औं मिनेटमा मेस्सीले फ्रान्की डी जोङको पासमा गोल गरेपछि बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो।

११ खेल खेलेको बार्सिलोनाको लिगमा यो पाँचौ जित हो। जितसँगै १७ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ। रियल सोसिडाड २६ अंकसहित लिगको शीर्षमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार