• मंगलबार, साउन १२ २०८३

नेपालमा ९४.९ प्रतिशत कोरोनामुक्त


सोमबार, मंसिर २९ २०७७
535
Shares


काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १ सय ८१ नमूना परीक्षण गर्दा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४८ हजार ४ सय २३ पुगेको छ भने दुई लाख ३५ हजार ७ सय ३१ जना सङ्क्रमणमुक्त भएका छन्।

हालसम्म संक्रमणबाट नेपालमा एक हजार ६ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय सङ्क्रमित छन्।

विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ पुगेको वल्र्डओमिटरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार