• मंगलबार, असोज २० २०८३

गुडिरहेको बसमा एक्कासी आगलागी


सोमबार, मंसिर २९ २०७७
495
Shares

काठमाडौं । दाङमा गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ। सोमबार बिहान ६ बजे तुलसीपुरको १३ बखरियामा गुडिरहेको बेला बसमा आगलागी भएको हो।

ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ। बसमा करिब १५ जना सवार थिए।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार