• सोमबार, साउन १८ २०८३

एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण


आइतबार, मंसिर २८ २०७७
680
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

काठमाडौं। एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको खुलेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार