• सोमबार, साउन १८ २०८३

प्रशान्त तामाङको छोटो फिल्म ‘आधा लभ स्टोरी’ सार्वजनिक (भिडियो)


आइतबार, मंसिर २८ २०७७
740
Shares

काठमाडौं । कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा छोटो फिल्म ‘आधा लभ स्टोरी’ निर्माण गरिएको छ।

धरानमा छायाँकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन्।

फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ।

निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु फ्रस्टेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिढीहरुलाई सही मार्गमा ल्याउने सन्देश प्रवाह गरिएको बताए। फिल्म प्रशान्त क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

हेरौँ फिल्म

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार