• मंगलबार, असोज २० २०८३

बिगबास लिग : सन्दीप आबद्ध होबर्ट हरिकेन्सको लगातार दोस्रो जित


आइतबार, मंसिर २८ २०७७
700
Shares

काठमाडौं । बिगबास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले लगातार दोस्रो जित हात पारेको छ।

आज आइतबार भएको खेलमा हरिकेन्सले एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गरेको हो।

लगातार जित निकालेको हरिकेन्स अंक तालिकाको दोस्रो स्थानमा छ। मेलवर्न स्टार्स ८ अंकमा शीर्षस्थानमा छ।

टस जितेको एडिलेडले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन जोडेको थियो।

खेलको प्लेयर अफ दि म्याच समेत बनका हरिकेन्सका डि अर्सी सर्टले ७२ रनको महत्वपुर्ण योगदान दिए। विल ज्याक्सले ३४ र कोलिन इनग्रामले २५ रन जोडे।

१ सय ७५ रनको लक्ष्य पाएको एडिलेडले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन मात्र जोड्न सक्यो। एडिलेडलाई कम स्कोरमा रोक्न जेम्स फल्कनरले सर्वाधिक ३ विकेट झारे। जोहान बोथा र रिले मेरीडिथले समान २ विकेट लिए।

लिगमा सहभागी हुन सन्दीप पर्सि मंगलबार अष्ट्रेलिया जानेछन्। १४ दिनको क्वारेन्टिन बसाइपछि लिगमा सहभागी हुने सन्दीपले सुरुवाती ६ खेल गुमाउनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार