• मंगलबार, असोज २० २०८३

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु


आइतबार, मंसिर २८ २०७७
650
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित पोखरा महानगरपालिका १७ की ७४ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।

मंसिर २६ गते कोरोना पुष्टि भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार