• मंगलबार, असोज २० २०८३

विश्वकप छनोट : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु


आइतबार, मंसिर २८ २०७७
510
Shares

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारबाट प्रशिक्षण सुरु गरेको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु प्रशिक्षणमा खेलाडीलाई २ समूहमा विभाजन गरेर प्रशिक्षण सुरु गरिएको हो।

आगामी मार्चमा हुने खेलका लागि कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।

पहिलो दिन २७ खेलाडी प्रशिक्षणमा सहभागी थिए। कोरोना सक्रमणका कारण धेरै खेलाडीलाई प्रशिक्षणमा बोलाएको कार्यवाहक प्रशिक्षक महर्जनले बताए।

नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अष्ट्रेलियासँग खेल्नेछ। विश्वकप छनोटको अन्तिम खेलमा आगामी जेठ २४ गते जोर्डनसँग खेल्नेछ।

छनोटअन्तर्गतका ५ खेलमा १ जित र ४ हार व्यहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ। सबै खेल दशरथ रंगशालामा हुनेछ। समूह बीमा रहेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार