गोरखा । आरुघाट गाउँपालिकामा एउटा मोटररेबल र दुई वटा झोलुङ्गे पुल बन्ने भएका छन् ।
गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त पुलको शनिवार भौतिक पूवार्धार बिकास मन्त्र रामशरण बस्नेतले शिलन्यास गरेका हुन ।
आर्खेत खोलामा मोटरेबल र सोती खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुबेदीले जानकारी दिए ।

आर्खेत खोलामा निर्माण हुने ४० मिटर लामो र ११ मिटर चौडा मोटरेबल पुलको लागत करिब ५ करोड ६८ लाख अनुमान गरिएको उनले बताए ।
आरुघाट गाउँपालिकाको सोती खोला स्थित स्याम्राङ र डुम्रखर्क जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुने भएको छ । २ करोड २० लाख लागत अनुमान गरिएको उक्त पुल ३ सय ४६ मिटर लामो छ ।
यसैगरी सोही गाउँपालिकाको थुमि देउरालीबाट निवोट जोड्ने ३ सय ७८ मिटर लामो झोलुङ्गेपुल पनि शनिवार शिलन्यास भएको छ ।

उक्त पुलको लागत भने करिब २ करोड ६८ लाख अनुमान गरिएको इन्जिनियर सुबेदीले बताए ।