• सोमबार, साउन १८ २०८३

प्लास्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


आइतबार, मंसिर २८ २०७७
635
Shares

काठमाडौं । तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ। तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् ।

गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए ।

शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।

शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार