गोरखा । गोरखा सदरमुकामबाट केराबरी जादै गरेको यात्रुवहाक बसले किचेर एक जनाको ज्यान गएको छ ।
ना ३ ख ८१४३ नम्बरको बसमा यात्रा गरिरहेका सिराचोक गाउँपालिका २ श्रीचौरका ४८ बर्षिय बुद्धि बहादुर रम्तेलको ढोकाबाट ओर्लदा सोही बसले किचेर ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले सिभिलखबरलाई बताए ।
सिरानचोक २ कै थालाजुङ नयाँगाउँमा रम्तेल ओर्लन खोज्दा बसले किचेर गम्भिर घाइते बनेका थिए । सो लगत्तै उनलाई उपचारका लागि भच्चेक प्राथामिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो ।
सख्त घाइते बनेका रम्तेलको उपचारका क्रममा स्वास्थ्य केन्द्रमै ६ बजेर ५० मिनेटमा ज्यान गएको ढकालले बताए ।
सो लगत्तै बस र चालकलाई प्रहरी चौकी भच्चेकले नियन्त्रणमा लिएको बताइएको छ ।