• मंगलबार, असोज २० २०८३

गैँडाको खागसहित पाँच जना पक्राउ


शुक्रबार, मंसिर २६ २०७७
875
Shares

काठमाडौं । संरक्षित वन्यजन्तु गैँडाको खागसहित प्रहरीले काठमाडौंको स्वयम्भूबाट पाँच जनालाई पक्राउ गरेका छन्।

खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

काठमाडौंको स्वयम्भू किमडोलमा गैँडाको खाग बिक्री वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा प्ररीले खाग बरामद गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको झोंछेका ४१ वर्षीय रिकेश शाक्य, सोही स्थानका ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ नुवाकोटको मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षीय मुना तामाङ रहेका छन्।

पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार