• मंगलबार, साउन १२ २०८३

शुक्रबार थपिए कोरोनाका एक हजार ४४ संक्रमित, ११ जनाको मृत्यु


शुक्रबार, मंसिर २६ २०७७
710
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार २ सय ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।

त्यस्तै, संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार