• मंगलबार, असोज २० २०८३

घामबाट चार्ज हुने गाडी सार्वजनिक


शुक्रबार, मंसिर २६ २०७७
585
Shares

काठमाडौं । अमेरिकी कम्पनी एप्टेरा प्याराडिजिमले घामबाट चार्ज हुने गाडी सार्वजनिक गरेको छ।

यो गाडी फुल चार्जमा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ।

यो गाडीलाई सौर्य शक्तिसोस्न सक्ने गरी डिजाईन गरिएको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।

३ वटा पांग्रा भएको यो गाडी हेर्दा सानो जेट जस्तो देखिन्छ।यसमा २ वटा सिट जडान गरिएको छ। यो गाडी २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा उपलब्ध छ।

त्यस्तै यो १ सय किलोवाटको फ्रन्ट ह्विल ड्राइभ र १ सय ५० किलोवाटको अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध छ।

एप्टेरा प्याराडिजिम गाडीका विभिन्न अप्सनले १ सय ३४ विपिएच देखि २ सय १ विपिएच पावर जेनेरेट गर्न सक्ने बताइएको छ।

त्यस्तै यसले ०.५ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटरसम्मको रफ्तार पकड्न सक्छ भने यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार