• सोमबार, साउन १८ २०८३

महिला फुटबल खेलाडीलाई पनि पुरुष समान तलब दिने


शुक्रबार, मंसिर २६ २०७७
660
Shares


काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीले समान तलब पाउने भएका छन्। बिहीबार अखिल नेपाल फुटबल संघको बैठकले पुरुष र महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई समान १८ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको हो ।

यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो ।

यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।

एन्फा बैठकले मुख्य प्रशिक्षक योहान कालिनको राजिनामा स्विकृत गर्ने, पूर्व एन्फा उपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान मणि शाहको अर्धकदको शालिक एन्फा परिसरमा निर्माण गर्ने निर्णय समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार