• सोमबार, साउन १८ २०८३

पाँच लाख रुपैयाँ दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ


शुक्रबार, मंसिर २६ २०७७
660
Shares


काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई समाज भित्रै रुपैयाँ दिएर मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्।

मोरङकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लैपारी जबरजस्ती करणी गरी फरार भएका थिए।

सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मसिंर १९ गते रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरेको थियो। थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउनेलाई पनि प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई मिलापत्र गरिएको कागजसहित आ–आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार