• सोमबार, साउन १८ २०८३

किर्ते गरी रकम अनियमता गर्ने प्रअ कारागार चलान


शुक्रबार, मंसिर २६ २०७७
1K
Shares

गोरखा । कागजात किर्ते गरी सरकारी रकम दुरुपयोग गर्ने एक प्रधानाध्यपाक कारागार चलान भएका छन् ।

जिल्लाको सिरानचोक गाउँपालिका १ स्थित नेपाने माथिका तत्कालिन प्रधानाध्यापक शिबकुमार शाह सुडीलाई बिहीबार पुर्पक्षको लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

धुनुषा जिल्ला बिदेह नगरपालिका वडा नं. ६ गिद्धा स्थायी घर भएका ४७ वर्षीय शाहले उक्त विद्यालयको खातामा रहेको सरकारी रकम हिनामिना गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिको रजिष्टरमा निर्णय थपघट गरेको आरोप लगाइएको थियो ।

सरोकारवालाहरुको दस्तखत समेत किर्ते गरी रकम दुरुपयोग गरेको भन्दै सरकारी कागज किर्ते गरेको विषयमा अख्तियार दुरुपयोग आयोगले समेत छानबिन गरेको थियो । अख्यितारले उनलाई दोषी ठहर गरेपछि २०७६ चैत १ गते मुद्धा दर्ता गरिएको थियो ।

२०७७ मंसिर ११ गते आरोपी शाह पक्राउ परेका थिए । आवश्यक अनुसन्धान पश्चात प्रहरीले बिहीबार गोरखा जिल्ला अदालत गोरखामा पेश गरेको थियो । बिहीबार नै उनलाई पुर्पक्षको लागि कारागारको सजाय सुनाएको गोरखा जिल्ला अदालतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार