• सोमबार, साउन १८ २०८३

सवारी दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते


शुक्रबार, मंसिर २६ २०७७
465
Shares


चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।

प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसपछि करेन्ट सर्ट भएको थियो । बोलेरो घटनास्थलमा रहेको तर बाटो अबरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार