• मंगलबार, असोज २० २०८३

काठमाडौं—दिल्ली नियमित उडान पुस २ देखि


शुक्रबार, मंसिर २६ २०७७
560
Shares

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित बनेको काठमाडौं—दिल्ली नियमित व्यावसायिक उडान नेपाल एयरलाइन्सले पुस २ देखि सुरु गर्ने भएको छ।

लकडाउनका कारण गत चैतदेखि बन्द रहेको नियमित व्यावसायिक उडान पुस २ देखि गर्ने सबै तयारी भएको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।

नेपाल सरकारले अघिल्लो साता नै यो रुटमा उडान अनुमति दिने निर्णय गरेको थियो। बिहीबार भारत सरकारले पनि एयर बबल प्रणालीमा उडान अनुमति दिने निर्णय गरेको छ।

योसँगै नेपाल एयरलाइन्स र एयर इन्डियाले यो रुटमा दैनिक १/१ उडान गर्न पाउने भएका छन्।

एयरबबल प्रणालीमा एयरलाइन्सहरुले तेस्रो देशका यात्रु बोक्न पाउने छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार