http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । कारोबारको साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।