• सोमबार, साउन १८ २०८३

गोरखा जेसिजकाे ४० औँ अधिवेशन सम्पन्न, अध्यक्षमा बस्नेत सर्वसमत


बिहिबार, मंसिर २५ २०७७
925
Shares

गोरखा जेसिजको अध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् । जेसिजकाे बिहिवार सम्पन्न ४० औँ अधिवेशन तथा साधारण सभाले आगामी वर्ष २०२१ का लागि बस्नेतलाई अध्यक्षतामा सर्वसमत चयन गरेको हो ।

त्यस्तै अधिवेशनले कार्यकारी उपाध्यक्ष शिवहरी तिमल्सिना, अश्बिन ढुङ्गानालाई चयन गरेकाे छ । त्यस्तै सह सचिवमा दिपक थापा, उपाध्यक्षहरुमा बिपिन पोखरेल, समिरजंग कुँवर, मनोज बस्नेत, ऋषि श्रेष्ठ सर्वसमत चयन भएकाे बताइएकाे छ ।

२५ सदस्यिय समितिमा महासचिव, कोषाध्यक्ष, सल्लाहकार, बिभिन्न क्षेत्रगत संयोजक लगायतका अन्य पद भने मनोनित गर्न बाँकी रहेकाे जेसिजले जनाएकाे छ ।

गोरखा जेसिज वर्ष २०२० का अध्यक्ष सुबास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष १९८३ का अध्यक्ष धिरजबहादुर मास्केकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार