काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।