• आइतबार, भाद्र २१ २०८३

कोरोना संक्रमणबाट गण्डकीमा मृतकको संख्या १ सय ८० पुग्यो


बिहिबार, मंसिर २५ २०७७
565
Shares

कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८० पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका तीन र तनहुँका एक जना गरी चार जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८० पुगेको हो।

कास्कीको पोखरा महागरपालिका १० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। ती पुरुषमा मंसिर २० गते कोरोना पुष्टि भएको र उनी मिर्गौलाको समस्याबाट समेत पीडित रहेको शर्माले जनाकारी दिए। उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

त्यस्तै मंसिर १९ गते कोरोना पुष्टि भएका पोखरा १३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

त्यस्तै पोखरा ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा बुधबार नै कोरोना पुष्टि भएको थियो।

त्यस्तै तनहुँको शुक्ल गण्डकी नगरपालिकाका ८४ वर्षीय पुरुषको बिहीबार बिहान चरक मेमोरियल अस्पतालमा निधन भएको हो,। ती पुरुषमा मंसिर २२ गते कोरोना पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार